नेपालविरुद्ध जोनसनको शतक
बुधबार, १९ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ का ओपनर जोनसन चार्ल्सले नेपालविरुद्ध शतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ गरिरहेको छ।
ब्याटिङ गर्न ओपनिङमा उत्रिएका जोनसनले ५५ बलमा शतक पूरा गरेका हुन्। उनले ११ चौका र ६ छक्का प्रहार गरे।









