विनोदले गुमाए विकेट
बुधबार, १९ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपालले पहिलो विकेट गुमाएको छ। वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटका रूपमा ओपनिङमा लोकेशकुमार बमसँग आएका विनोद भण्डारीलाई गुमाएको हो।
फेबियन एलेनको बललाई स्वीप प्रहार गर्ने क्रममा उनी सट मिड अफमा हेडेन वाल्शबाट क्याच आउट भएका हुन्।
१५ बल खेलेका भण्डारीले ४ चौकासहित १९ रन बनाए।









