पुरस्कार रकम सोमपालले बेवारिसे कुकुरलाई खर्चिने
तीव्र गतिका बलर सोमपाल कामीले आयरल्यान्ड वुल्भ्ससँगको दोस्रो टी–२० खेलमा प्राप्त गरेको रकम बेवारिसे र सडक कुकुरलाई खर्चिने भएका छन्।
तीव्र गतिका बलर सोमपाल कामीले आयरल्यान्ड वुल्भ्ससँगको दोस्रो टी–२० खेलमा प्राप्त गरेको रकम बेवारिसे र सडक कुकुरलाई खर्चिने भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा अन्तर्गतका संघका विवरण र कागजातहरूको प्रतिलिपी उपलब्ध गराइदिन पत्र काटेको छ। मन्त्रालयले मंगलबार राखेपलाई उक्त पत्र काटेको हो।
धनकुटामा आयोजित कार्यक्रममा फुटबल, कबड्डी, तेक्वान्दो र कराँतेका खेलाडी–प्रशिक्षक गरी १४ जनालाई नगदसहित सम्मान गरिएको हो ।
मन्त्रालयले एन्फामाथि गरिएको कारबाहीको जानकारी अविलम्ब गराउन राखेपलाई पत्राचार गरेको छ।
नवौँ राष्ट्रिय खुल्ला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता बैशाख दोस्रो सातादेखि हुने भएको छ। नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने प्रतियोगिता बैशाख १४ देखि १९ गतेसम्म हुने भएको हो।
एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङले १८औँ एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७९ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड सोमबार जितेका छन् ।
नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेका आदिल अन्सारीसहित पाँच जनाले सफाइ पाएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले सोमबार दाबी नपुगेको भन्दै आदिलसहित पाँच जनालाई सफाइ दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कुनैपनि राष्ट्रिय खेल संघको कार्यसमितिले तर्जुमा गर्ने कार्ययोजना अझ महत्त्वपूर्ण हुने बताएका छन्।
ई स्पोर्ट्स संघ नेपाल (ईसान) को पहिलो साधारणसभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ।
स्पोर्ट्स युनिभर्सले खेलाडीलाई सामाग्री खरिदमा २० प्रतिशत छुट दिने भएको छ। बानेश्वरस्थित स्पोर्ट्स युनिभर्सले आफ्नो १० वार्षिकोत्सवको उपलक्ष्यमा सामाग्री खरिदमा २० प्रतिशत छुट दिने भएको हो।
नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ। संघका अध्यक्ष देवी आचार्यको नेतृत्वमा गएको टोलीले बिहीबार युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा मन्त्री श्रेष्ठसँग भेट्दै १० बुँदे ज्ञापनपत्र बुझाएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट पूर्वाधारलाई आफ्नो सरकारले प्राथमिकता दिएको बताएका छन्।