गुल्मीमा कभर्डहलको उद्घाटन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गुल्मीको रुरु क्षेत्र गाउँपालिकास्थित रिडीमा बनेको ब्याडमिन्टन कभर्डहल तथा सभा हलको एक कार्यक्रमबीच शनिबार उद्घाटन गरे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गुल्मीको रुरु क्षेत्र गाउँपालिकास्थित रिडीमा बनेको ब्याडमिन्टन कभर्डहल तथा सभा हलको एक कार्यक्रमबीच शनिबार उद्घाटन गरे ।
कोरिया सरकारको निमन्त्रणामा माननीय युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज कोरिया प्रस्थान गरेका छन्। एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ विभिन्न कार्यक्रमहरूमा सरिक हुनेछन्।
कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ। पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो।
अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले युरोपमा हुने दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्।
सीएम (क्यान्डिडेट मास्टर) भगवतीप्रसाद शर्माले अपराजित रहँदै सर्बाधिक ५.५ अंक बनाउँदै विहीबार सम्पन्न बाग्मती प्रदेश स्तरीय सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति भेट्रान र्यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन्।
कर्णाली प्रदेश ई स्पोर्ट्स संघ सह–आयोजक रहेको प्रतियोगिताको अन्तिम खेल शुक्रबार र शनिबार सुर्खेतमा सञ्चालन हुदैछ ।
पेरिस ओलम्पिक्स २०२४ मा नेपालको सहभागिता र तयारीको विषयमा बिहीबार युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसँग जानकारी लिएका छन्।
क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा सर्वोकृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल आर्मीले पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि बुधबार जितेको छ।
नेपाल हक्की संघको आयोजनामा पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की पोखरामा सोमबारदेखि सुरु भएको छ ।
नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको एनओसी अवार्ड २०२४ मा करातेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ उत्कृष्ट चयन भएका छन् ।
अभिक शाहले टाइब्रेकरको आधारमा पुरुषोत्तम सिलवाललाई पन्छाउँदै आइतबार गोल्डेनगेट एसइई कप २०२४ र्यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन् ।