एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा
आयोजक पथरी ११ फुटबल क्लब ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी)लाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
आयोजक पथरी ११ फुटबल क्लब ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी)लाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
नेपालको सर्वोच्च फुटबल प्रतियोगिता ‘ए’ डिभिजन लिग चार वर्षपछि मात्रै हुने निर्णय भएको छ। त्यसको पुनःसञ्चालनको कुनै निश्चित योजना अझै सार्वजनिक नभएपछि अब खेलाडीहरूले आफैं सडकमा उत्रिन बाध्य भएका छन्।
विमला चौधरीको सानदार ह्याट्रिकसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
‘ए’ डिभिजन लिग स्थगित गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयले असन्तुष्ट खेलाडीहरू बिहीबार सडकमा उत्रिए।
इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिगको लिग चरणमा आफ्नो उत्कृष्ट फर्म जारी राख्दै काजाकिस्तानको क्लब कैराटलाई २–१ ले पराजित गर्यो।
च्याम्पियन्स लिगको लिग चरणमा चेल्सीले अजरबैजानको क्लब काराबाखसँग २–२ को बराबरी खेल्दै अंक बाँड्यो।
च्याम्पियन्स लिगको लिग चरणमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा बोरुसिया डर्टमुन्डलाई ४–१ ले पराजित गर्दै प्रभावशाली प्रदर्शन जारी राख्यो।
च्याम्पियन्स लिगको लिग चरणको चौथो खेलमा बार्सिलोनाले क्लब ब्रुगसँग ३–३ को बराबरी खेलेको छ।
संकटा फुटबल क्लबले झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६–० ले पराजित गरेको छ।
सिरहाको सलहेश युथ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।
नेपाल फुटबल खेलाडी संघले एन्फा कप्लेक्समा धर्ना दिने भएको छ।
चित्लाङ फुटबल क्लबले एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुआत गरेको छ।