झापालाई हराउँदै मध्यपुरले निकाल्यो जित
झापा फुटबल क्लबलाई पराजित गर्दै मध्यपुर युथ एसोसिएनसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो सफलता हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मध्यपुर २–० ले विजयी भएको हो।
झापा फुटबल क्लबलाई पराजित गर्दै मध्यपुर युथ एसोसिएनसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो सफलता हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मध्यपुर २–० ले विजयी भएको हो।
नेपाली यु–१९ राष्ट्रिय टोलीको जिम्मेवारी पुन: उर्जन श्रेष्ठले पाएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार उनलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ। ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलबार लोगो र मस्कट सार्वजनिक गरिएको हो।
नेपालले साफ यु–१९ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा श्रीलंकाको सामना गर्ने भएको छ।
धम्बोझी क्लब बाँके दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल प्रतियोगितामा हारबाट जोगिएको छ। सोमबार सम्पन्न खेलमा धम्बोझीले राइजिङ स्टार फुटबल क्लब नवलपरासीसँग १–१ को बराबरी खेलेको हो।
स्पेनका मिडफिल्डर मार्क कासाडो र सेन्ट्रल डिफेन्डर इनिगो मार्टिनेजले नेसन्स लिगको क्वार्टरफाइनल गुमाउने भएका छन्।
अर्जेन्टिनी स्टार लिओनल मेसीले आसन्न दक्षिण अमेरिकी विश्वकप छनोट खेल गुमाउने भएका छन्। मांसपेशी चोटका कारण ३७ वर्षीय फरवार्डले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने भएका हुन्।
घरेलु टिम पेमा स्पोर्टिङ क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
वीरगञ्ज युनाइटेड क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेल वीरगञ्जले श्रीकुमारी क्लबलाई २–० ले पराजित गरेको हो।
तीन नयाँ खेलाडीलाई पहिलोपल्ट समेट्दै सिंगापुर र मलेसियासँग खेल्ने नेपाली टोली घोषणा गरिएको छ।
ललितपुर सिटी एफसीका डिफेन्डर पापे अब्दुलाह देकिते नेपाल आइपुगेका छन्। उनलाई ललितपुरले तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो।