झापामा भित्रिए नाइजेरियन फरवार्ड गेरो
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीले अलहाजी गेरोलाई भित्र्याएको छ।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीले अलहाजी गेरोलाई भित्र्याएको छ।
धिरेन्द्रबहादुर साहको निर्णायक गोलसँगै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ।
माल्दिभ्स फिफा वरीयतामा १६२औं स्थानमा रहेको टोली हो। माल्दिभ्सका खेलाडीहरूले पछिल्ला दुई वर्षमा कुनै पनि लिग खेल खेलेका थिएनन्। त्यसैले भारतले यो खेल जित्नु स्वाभाविक थियो।
स्पेनिस राष्ट्रिय टोलीका १७ वर्षीय स्टार फरवार्ड लामिन यमल पहिलो पटक इस्लाम धर्मको पवित्र महिना रमजान पालन गर्दैछन्।
अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेजले उरुग्वे र ब्राजिलविरुद्धको आगामी विश्वकप छनोट खेल गुमाउने भएका छन्।
अर्जेन्टिना कप्तान लिओनल मेसी र ब्राजिलियन स्टार नेयमारको अनुपस्थितिमा दक्षिण अमेरिकी विश्वकप छनोटका दुई महत्त्वपूर्ण खेल हुँदैछन्।
टुसाल युथ क्लब र ब्वाइज युनियन क्लबले सहिद स्मारक बी डिभिजन लिगमा जितविहीन यात्रा कायमै राखेका छन्।
सन् २०२३ को जुन महिनामा अस्ट्रियाविरुद्धको खेलमा बेल्जियम राष्ट्रिय टोलीको कप्तान नबनाइएपछि गोलकिपर थिबाउट कोर्टुवा असन्तुष्ट बनेका थिए। सन् २०२३ को सिजन उनी कठिन चोटबाट गुज्रिए थिए। त्यसैले आफू मानसिक रूपमा कठिन समयमा रहेको उनले स्वीकार गरेका छन्।
भारतमा हुने साफ यु-१९ च्याम्पियनसिपका लागि ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
बार्सिलोनाका मिडफिल्डर मार्क कासाडो दुई महिना मैदान बाहिर रहने भएका छन्। गत सप्ताहन्त एट्लेटिको मड्रिडविरुद्धको स्पेनिस ला लिगा जितका क्रममा उनले घुँडाको लिगामेन्टको चोट बोकेका थिए।
डेनमार्कका मिडफिल्डर क्रिश्चियन एरिक्सनले म्यानचेस्टर युनाइटेडबाट यस सिजन २७ खेल खेलेका छन्। गत वर्ष रुबेन आमोरिमको आगमनपछि टोलीमा उनले कहिलेकाहीँ मात्र अवसर पाउँदै आएका छन्। यस्तोमा उनी निराश देखिएका छन्।
जनजागृती युवा क्लब, बर्दिया र न्यु स्टार फुटबल एकेडेमी, दाङले दोस्रो लुम्बिनी प्रदेश लिगमा पहिलो जित हात पारेका छन्।