इत्तिहाद रंगशालाबाहिर डि ब्रुएनाको शालिक बनाइने
इत्तिहाद रंगशालाको ठूला पर्दामा ‘ट्रिब्युट’ भिडियो देखाइरहँदा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुएना आँसु झार्दै दर्शकहरूलाई सम्बोधन गरिरहेका थिए।
इत्तिहाद रंगशालाको ठूला पर्दामा ‘ट्रिब्युट’ भिडियो देखाइरहँदा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुएना आँसु झार्दै दर्शकहरूलाई सम्बोधन गरिरहेका थिए।
१० वर्षसम्म उपाधि सफलताको यात्रा पूरा गरेका बेल्जियमका खेलाडी ब्रुएना क्लबबाट यस सिजनको अन्त्यमा बिदा हुँदैछन्। उनको यो सिटीका लागि अन्तिम घरेलु खेल थियो।
श्री भगवती क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ।
श्री टुसाल युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा झर्ने दोस्रो टोली बनेको छ।
विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार बलोन डी’ओर अब महिला खेलाडीका लागि पनि अनुकूल समयमा प्रदान गरिने भएको छ।
श्री कुमारी क्लब सहिद स्मारक बी डिभिजन लिगमा रेलिगेसनबाट जोगिएको छ।
बेनफिकाले शनिबार ब्रागासँग १–१ को बराबरी खेलेको थियो। योसँगै स्पोर्टिङभन्दा बेनिफिकाले दुई अंकले पछि पर्दै लिगा पोर्चुगलमा उपविजेता हुँदै सिजन टुंग्यायो।
मियामीले पछिल्ला सातमध्ये एक खेलमा मात्रै जित हात पारेको छ। खेलपछि सामान्यतः अन्तर्वार्ता नदिने मेसीले यसपल्ट टोली एकतामा जोड दिएका छन्।
आर्सनलले आगामी सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गरेको छ। नटिङ्घम फरेस्टले पनि त्यो सपना जीवित राखेको छ।
अन्तिम चरणमा नेपोलीले काग्लियारीको सामना गर्नेछ भने गत सिजनको विजेता इन्टरले कोमोको मैदानमा खेल्नेछ। यदि अन्तिम खेलमा दुवै टोली बराबर अंकमा रहे भने लिग उपाधिको छिनोफानो प्लेअफमार्फत हुनेछ।
भिल्लारियालले आइतबार स्पेनिस ला लिगामा ३–२ ले पराजित गर्दै बार्सिलोनाको अपराजित यात्रामा ब्रेक लगाएको छ। योसँगै बार्सिलोनाको उपाधि उत्सव केही हदसम्म खल्लो भएको छ।