राष्ट्रिय टोलीमा पुरानै खेलाडीलाई निरन्तरता
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पुरानै खेलाडीलाई निरन्तरता दिँदै थाइल्यान्डविरुद्ध हुने मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीको टोली घोषणा गरेका छन्। शुक्रबार उनले अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन्।















