६ वर्षपछि स्पेनको टोलीमा फर्किए इस्को, रोड्री अटाएनन्
मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले युरोपियन नेसन्स लिग सेमिफाइनल खेलका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्। उक्त टोलीमा इस्को पनि समेटिएका हुन्।
मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले युरोपियन नेसन्स लिग सेमिफाइनल खेलका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्। उक्त टोलीमा इस्को पनि समेटिएका हुन्।
क्रिस्टियानो रोनाल्डोका लागि निराशाजनक देखिएको सिजन अन्ततः अप्रत्याशित सुखद मोडमा अन्त्य हुन सक्ने संकेत देखिएको छ। कारण उनको क्लब अल–नासरले अपिल जित्दै तीन अंक थपेको छ।
बुन्डेसलिगा क्लब बायर लेभरकुजेनले म्यानचेस्टर युनाइटेड पूर्व प्रशिक्षक एरिक टेन हागलाई जाभी अलोन्सोको उत्तराधिकारीका रूपमा नियुक्त गरेको छ।
एएफसी एसियन कप छनोटको तयारीस्वरूप खेल हुन लागेको हो। यो खेल ५ जुन मा थाइल्यान्डको बैंककमा हुने तय छ। ब्रुनाई फिफा वरीयतामा १८५औं स्थानमा छ। श्रीलंका भने २००औं स्थानमा छ।
रियो विमानस्थलमा एन्सेलोटीको स्वागतमा कुनै औपचारिक कार्यक्रम राखिएको थिएन। एकजना समर्थक मात्र ब्राजिलको जर्सी लगाएर उनलाई हेर्न आएका थिए।
लिभरपुलका फरवार्ड मोहमद सालाहले इङ्लिस प्रिमियर लिग २०२४–२५ सिजनमा चौथोपल्ट गोल्डेन बुट जितेका छन्।
मार्चमा युभेन्ट्सलाई च्याम्पियन्स लिगमा पुर्याउने लक्ष्यसाथ नियुक्त भएका प्रशिक्षक इगोर टुडोरले आफ्नो जिम्मेवारी पूरा गरेका छन्।
सिजनको अधिकांश समय शीर्ष गोलकर्ता रहेका लेवान्डोस्कीलाई एमप्पेको अन्तिम ६ खेलमा १० गोलको सानदार प्रदर्शनले पछाडि पार्यो।
भिल्लालाई विशेषतः अन्याय महसुस भएको हुनुपर्छ। म्यानचेस्टर युनाइटेडविरुद्ध खेलमा भिल्लाले गरेको एक गोल रद्द गरिएको थियो। त्यसको केही क्षणमै गोल खाएपछि खेलमा पछि पर्यो र अन्ततः २–० को हार बेहोर्दै च्याम्पियन्स लिगमा आफ्नो स्थान गुमायो।
अब उनीसँग फरक खालको दबाब हुनेछ। एकदमै बलियो बार्सिलोना (लामिन यमल, राफिन्हा, पेड्री, गाभी) को चुनौतीसँग जुध्नुपर्नेछ। रियलका ठूला स्टार किलियन एम्बाप्पे, जुड बेलिङ्घम र भिनिसियस जुनियरलाई पुन: उच्च स्तरमा लैजाने उनीसँग जिम्मेवारी हुनेछ।
अमेरिकामा अर्को महिना हुने क्लब विश्वकपमा क्रिस्टियानो रोनाल्डोले खेल्ने सम्भावना उच्च छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अनौठो तरिकाले खुला गरिएको स्थानान्तरण (ट्रान्सफर) विन्डोको कारणले यस्तो सम्भावना रहेको बताएका हुन्।