‘पार्टनर इन द म्याच’
संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको आइसिसी महिला विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ पहिलो खेलमा यो ‘पार्टनर इन द म्याच’ देखिएको हो। ग्लोबल छनोटमा स्थान पक्का गर्न नेपाली टोली यो खेल जित्नैपर्ने दबाबमा थियो। यस्तो दबाबको क्षणमा कप्तान इन्दुले संयमित इनिङ्स खेल्दै ३० रन बनाइन् र नेपाललाई पाँच विकेटको जित दिलाइन्। तर, जब‘प्लेयर अफ द म्याच’ लिने क्षण आयो, उनले त्यो ट्रफी मनीषाको हातमा राखिदिइन्।












