इतिहास बनाएको नेपाल
जित त अवश्य नै नेदरल्यान्ड्सको पक्षमा रह्यो। तर, नेपालले हारेर पनि गर्विलो इतिहास बनायो। अन्तिम ओभरमा नेपाललाई जितका लागि १६ रन चाहिएको थियो। नन्दन यादवले तीव्र गतिका बलर काइल क्लेनलाई ४, २, २, ४ रन प्रहार गर्दै खेललाई पहिलो सुपर ओभरमा पुर्याए।














