ओमानका जिसन मक्सूद कर्णाली याक्समा
कर्णाली याक्सले ओमानका पूर्वकप्तान जिसन मक्सूदलाई आइतबार अनुबन्ध गरेको छ। हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको हो।















