नेपाल आइपुगे मक्शूद
कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्वकप्तान जिसन मक्सूद नेपाल आइपुगेका छन्। उनले ओमानको लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन्।
कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्वकप्तान जिसन मक्सूद नेपाल आइपुगेका छन्। उनले ओमानको लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन्।
सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न इङ्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगेका छन्। २६ वर्षीय बायाँ हाते अलराउन्डर जेब बुधबार नेपाल आइपुगेका हुन्।
सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न न्युजिल्यान्डका स्कट कुगेलेइन नेपाल आइपुगेका छन्।
चितवन राइनोजका नामिबियाका ब्याटर जान निकोल लोफ्टी–इटन नेपाल आइपुगेका छन्। उनी बुधबार नेपाल आइपुगेका हुन्।
अस्ट्रेलियाविरुद्धको पर्थ टेस्टमा आठ विकेट लिएर प्लेयर अफ द म्याच बनेका जसप्रीत बुमराह टेस्ट बलिङ वरीयतामा पहिलो स्थानमा फर्किएका छन्।
ललित स्मृति एन्फा यु–१८ युथ लिगमा बुधबार थ्री स्टार र चर्च ब्वाइज युनाइटेडले अंक बाँडेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
अस्ट्रेलियाले डिसेम्बर ६ देखि एडिलेडमा हुने डे–नाइट टेस्टका लागि १३ सदस्यीय टोलीमा कुनै परिवर्तन गरेको छैन। टोलीका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले यसको पुष्टि गर्दै अलराउन्डर मिचेल मार्सको फिटनेसमा केही शंका रहेको बताए।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटको इतिहासमै पहिलोपल्ट कार दिन लागिएको जानकारी दिएका हुन्।
नेपालले दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा मंगलबार दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ। पाकिस्तानको लाहोरमा जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो।
एसिसी यु–१९ एसिया कपका खेल्न युएई जाने नेपाली टोलीको मंगलबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले टोलीको बिदाइ गरेको हो। प्रतियोगिता शुक्रबारदेखि सुरु हुनेछ।