विश्व नम्बर एक राफायल नाडालले ११ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । आज भएको पुरुषतर्फको फाइनलमा अष्ट्रियाका डोमिनिक थिएमलाई ६ -४, ६ -३ र ६ २ ले हराउदै स्पेनिस नाडालले ११ औं पटक उपाधि जितेका हुन् ।
हालेपले स्टेफेन्सलाई ३-६, ६-४ ६-१ ले हराउदै रोमानियाकी हालेपले पहिलो ग्राण्डस्लाम उपाधि जितेकी हुन् । पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै हालेपले उपाधि चुमेकी हुन् ।