रहेनन् बक्सर नामसिंह
शनिबार, १९ पौष २०८२खेलपाटी संवाददाता
-1767442666995.png&w=3840&q=75)
काठमाडौं। नेपाली पूर्वबक्सिङ नामसिंह थापाको निधन भएको छ। शनिबार बिहान हङकङस्थित हेवन एन्ड होप अस्पतालमा उनको निधन भएको हो।
स्वर्गीय थापा सन् १९६४ को टोकियो ओलम्पिकमा नेपालबाट सहभागिता जनाउने चार जना बक्सिङ खेलाडीमध्ये एक थिए। नेपाली बक्सिङ इतिहासका साक्षी तथा जीवित इतिहासका रूपमा थापालाई लिइन्थ्यो।
नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले शोक व्यक्त गर्दै भने,‘यो हामी सम्पूर्ण खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूका लागि ठूलो क्षति हो। उहाँले बक्सिङ खेलप्रति देखाउनुभएको योगदान, लगाव र समर्पण सधैं सम्झिरहनेछौं।’
क्यान्सर रोगबाट पीडित स्वर्गीय थापाका श्रीमती, एक छोरा र चार छोरी छन्।
-1768572164221.png&w=3840&q=75)