आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो लगातार उपाधि
शनिबार, १९ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। हेल्प नेपाल स्पोर्ट्स क्लब लगातार एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको फाइनलमा च्याम्पियन बनेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई सिधै ३–० सेटमा पराजित गर्यो। लगातार तीन सेटमा दबाब कायम राख्दै हेल्प नेपालले सशक्त प्रदर्शन गरेको थियो।
हेल्प नेपालले पहिलो, दोस्रो र तेस्रो सेट समान २५–२१ ले जित्दै खेल एकतर्फी बनायो। आक्रामक स्पाइक, मजबुत ब्लक र प्रभावकारी समन्वयका कारण त्रिभुवन आर्मी क्लब खेलमा फर्किन सकेन।










