विमला र दीपाले बंगलादेशी लिग खेल्ने
मंगलबार, १५ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका डिफेन्डरद्वय विमला विक र दीपा शाहीले बंगलादेशी लिग खेल्ने भएका छन्।
यी दुई खेलाडीलाई राजशाही स्टार एफसीले अनुबन्ध गरेको हो। दुवै खेलाडी मंगलबार नै ढाका पुगिसकेका छन्।
यी दुवै खेलाडी त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएका थिए।








