एपीएफसामु मधेश स्तब्ध !
शनिबार, १२ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली एपीएफ क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
योसँगै समूह ‘बी’ मा रहेको एपीएफले ३ अंक हात पारेको छ। यो समूहमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबको पनि समान ३ अंक छ। पुलिसले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा पाखा लगाएको थियो।
घरेलु भलिबलमा लामो समय आफ्नो दबदबा कायम राख्दै आएको एपीएफले मधेशलाई कुनै सेटमा हाबी हुन दिए।
पहिलो सेट २५–४ ले जितेको एपीएफले अर्को सेट २५–५ ले सहजै आफ्नो पार्यो। तेस्रो सेटमा पनि एपीएफ हाबी रहँदै २५–५ ले आफ्नो बनायो।










