राफिन्हा र यमल फेरि नायक
-1766372861061.webp&w=3840&q=75)
काठमाडौं। राफिन्हा र लामिन यमालको गोलसँगै बार्सिलोनाले आइतबार १० खेलाडीमा सीमित भिल्लारियललाई उसकै मैदानमा २–० ले हराएको छ। यस जितसँगै बार्सा ला लिगाको शीर्ष स्थानमा रहँदै रियल मड्रिडभन्दा चार अंकले अगाडि कायम रहेको छ।
१२औं मिनेटमा राफिन्हाले बल भित्रतर्फ काट्ने क्रममा फाउल भएपछि पेनाल्टी जिते। उनले ढिलो रन–अप लिएर गोलकिपर लुइज जुनियरलाई गलत दिशामा पठाउँदै सिजनको आफ्नो सातौं लिग गोल तथा बार्सिलोनाको लिगमा ५०औं गोल पूरा गरे।
६३औं मिनेटमा यमलले पनि सिजनको सातौं गोल गरे। फ्रेन्की डि जोङको पासपछि उनले नजिकबाट गोल गरे। यो प्रशिक्षक हान्सी फ्लिकको टोलीका लागि सबै प्रतियोगितामा लगातार सातौं जित हो।
यता भिल्लारियलको हारसँगै एट्लेटिको मड्रिडले जिरोनामाथि ३–० को जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एट्लेटिकोले भने भिल्लारियलभन्दा दुई खेल बढी खेलिसकेको छ।








