स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

काठमाडौं। युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ कतारमा हुने भएको छ।
यी दुई टोली आगामी मार्चमा कतारमा आमनेसामने हुने भएका हुन्। युरोपेली फुटबल निकाय युइएफएले बिहीबार यसको घोषणा गरेको हो।
दुई महादेशीय च्याम्पियनबीचको यो प्रतिस्पर्धा सन् २०२१ मा पुनः सुरु गरिएको थियो। युइएफए र दक्षिण अमेरिकी फुटबल महासंघले फिफाको दुई वर्षे विश्वकप आयोजना गर्ने योजनाको कडा विरोध गरेका थिए।
सन् २०२२ को फिनालिसिमा खेलमा लिओनल मेसीको अर्जेन्टिनाले इटालीलाई ३–० ले पराजित गरेको थियो।
अब अर्जेन्टिना पुनः कतारको लुसाइल स्टेडियममा फर्कनेछ। यही स्टेडियमा उसले तीन वर्षअघि विश्वकपको उपाधि जितेको थियो।
यो खेल सन् २०२६ मार्च २७ मा आयोजना हुनेछ र स्थानीय समय अनुसार राति ९ बजे किक–अफ हुनेछ।
स्पेन र अर्जेन्टिना अहिलेसम्म १४ पटक भेट भएका छन्। दुवै टोलीले समान रूपमा ६–६ खेल जितेका छन्।






-1768572164221.png&w=3840&q=75)


