साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा
बिहिबार, ०३ पौष २०८२खेलपाटी संवाददाता
पथरी। साबिक विजेता चुलाचुली स्पोर्टिङ क्लब, झापा सतिसाले गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको तेस्रो क्वार्टरफाइनलमा चुलाचुलीले ब्रदर्स कलेक्सन, पोखरालाई २–० ले पराजित गरेको हो। पहिलो हाफमै विजय उराँव र विवश गुरुङले समान एक–एक गोल गरेका थिए।
विदेशी तथा नाम चलेका खेलाडी मैदान उतारेको पोखराले गोल गर्न सकेन। खेलको ‘प्लेअर अफ द म्याच’ चुलाचुलीका विजय उराँव घोषित भए।
आयोजक सतिसाले स्पोर्टिङ क्लब, मोरङ र विराटनगर सिटी फुटबल क्लब, विराटनगरबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ।








