ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई
बिहिबार, ०३ पौष २०८२खेलपाटी संवाददाता
-1766070495057.jpeg&w=3840&q=75)
काठमाडौं। आयोजक बीआइए इन्स्टिच्युटले ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ।
बिहीबार बौद्धस्थित डाउनटाउनमा पहिलोपटक आयोजना भएको सम्पन्न प्रतियोगितामा बीआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५–३ स्कोरले पराजित गरेको हो।
विजेता टोलीले ट्रफी र मेडल प्राप्त गरेको छ। प्रतियोगितामा बीआइएका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी घोषित भए। स्पाइनल इन्जरी संघ नेपालका अनन्त राई ‘इमर्जिङ प्लेयर’ घोषित भए। दुवै खेलाडीले पुरस्कारस्वरूप एयर कुशन प्राप्त गरे।







-1765539955299.jpeg&w=3840&q=75)

