मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !
बिहिबार, ०३ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। उपाधिनजिक रहेको मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा एकतर्फी जित निकालेको छ।
बिहीबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ९–० ले पराजित गरेको हो।
जितसँगै मच्छिन्द्रले २२ खेलबाट ४९ अंक पुर्याएको छ। टोली दोस्रो स्थानमा रहेको पुलिसभन्दा गोलअन्तरले अघि छ।
पुलिसको पनि सामन खेलबाट उत्तिनै अंक छ। आर्मी भने १४ अंकसहित १२औं स्थानमा छ।
मच्छिन्द्रको साइरस डंगोलले ४ गोल गरे। विकाश थापाले ह्याट्रिक करण धामी र राहुलकुमार योञ्जनले समान १ गोल थपे।






-1768572164221.png&w=3840&q=75)


