तेस्रो स्थानमा उक्लियो फ्रेन्ड्स
बिहिबार, ०३ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्लेक्समा बिहीबार सम्पन्न खेलमा विभागीय टोली एपीएफ क्लबलाई २–० ले हराएको हो।
योसँगै फ्रेन्ड्सले २२ खेलबाट ४५ अंक पुर्याएको छ। एक खेल कम खेलेको मनाङ मर्स्याङ्दी क्लबको पनि ४५ अंक नै छ। एपीएफ भने ३५ अंकसहित सातौं स्थानमा छ।
षडानन्द मस्की मगरले २ गोल गरे। उनले १७ र १९औं मिनेटमा गोल गरेका थिए।






-1768572164221.png&w=3840&q=75)


