भुटानी क्लबसँग रोकियो एपीएफ
बिहिबार, २५ मंसिर २०८२खेलपाटी संवाददाता
-1765462956105.jpeg&w=3840&q=75)
काठमाडौं। विभागीय टोली एपीएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिपको दोस्रो खेलमा गोलरहित बराबरी खेलेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण एपीएफलाई भुटानी क्लब ट्रान्सपर्ट युनाइटेड एफसीले बराबरीमा रोकेको छ। योसँगै एपीएफले शीर्ष स्थान गुमाएको छ।
एपीएफको २ खेलबाट ४ अंक पुगेको छ। समान खेल खेलेको भारतको इस्ट बंगाल एफसीको भने ६ अंक छ। ट्रान्सपर्टको ३ खेलबाट २ अंक छ।
एपीएफले पहिलो खेलमा बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको थियो।
ट्रान्सपर्टले भने पहिलो खेलमा पाकिस्तानको कराँची सिटी एफसीसँग गोलरहित बराबरी खेलको थियो।
दोस्रो खेलमा इस्ट बंगालसँग ४–० ले पाराजित भएको थियो।






-1768572164221.png&w=3840&q=75)

