क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित
-1763853774420.webp&w=3840&q=75)
काठमाडौं। बार्सिलोनाले करिब ४५ हजार समर्थकको उपस्थितिमा आफ्नै घरेलु मैदानमा खेल्दै एथलेटिक बिलबाओलाई ४–० ले हराएको छ।
दुई वर्षभन्दा बढी समय पुनर्निर्माणका कारण बन्द रहेको क्याम्प न्याउ आंशिक क्षमतासहित पुनः खुलेको हो। यो मैदानमा बार्सिलोनाको पहिलो खेल हो।
खेलको ४औं मिनेटमै रोबर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाए। लामिन यमलका उत्कृष्ट पासबाट फेरान टोरेसले दुई गोल थपे भने फेर्मिन लोपेजले क्याम्प न्याउमा आफ्नो पहिलो खेलमै चौथो गोल गरे।
एथलेटिकका ओइहान सान्सेट ५३औं मिनेटमा रेड कार्ड खाँदा बार्सिलोना ३–० ले अघि थियो।
समर्थकहरूले खेलअघि क्लबको गीत गाए। खेल चलिरहेको बेला मेसी! मेसी! भने र खेलपछि क्याम्प न्याउ फर्किएको खुसी मनाए। करिब ९०० दिनको ‘घरेलु मैदानविहीन’ समय बिताएपछि समर्थकहरूले यसलाई ‘घर फर्किएको’ अनुभव बताए।
स्टेडियम अझै निर्माणाधीन रहे पनि वातावरण उत्साहपूर्ण थियो। जोआन गार्सिया र राफिन्हाले चोटपछि पहिलोपटक मैदानमा फर्कँदै केहि मिनेट खेले।
जितसँगै बार्सिलोना अंक तालिकामा रियल मड्रिडसँग बराबरीमा पुगेको छ। अब टोली मंगलबार लन्डनमा हुने च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध खेलेरै अघि बढ्नेछ।








