ग्याब्रियल घाइते
सोमबार, ०१ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। ब्राजिलियन डिफेन्डर ग्याब्रियल मागाल्हाएसको चोटले आर्सनललाई ठूलो झट्का दिएको छ। शनिबार सेनेगलविरुद्धको मैत्रीपूर्ण खेलमा उनले घुँडामा चोट बोकेका हुन्।
खेलको ६४औं मिनेटमा ग्याब्रियल मैदान छोड्न बाध्य भए। ५९ औं मिनेटमा भुईँमा उनी लडेका थिए। केही समय मांसपेशीको उपचार गरेका थिए। तर, खेल्न सकेनन्। पाँच मिनेटपछि प्रशिक्षक कार्लो एर्न्सेलोटीले उनलाई मैदानबाट बाहिर बोलाए।
यस चोटको खबर आर्सनलका लागि ठूलो झट्का हो। ग्याब्रियल टोलीका लागि अत्यन्तै महत्पूर्ण खेलाडी हुन्। र्सनल आगामी २३ नोभेम्बर प्रिमियर लिगमा टोटनह्यामसँग खेल्नेछ। त्यसको तीन दिनपछि च्याम्पियन्स लिगमा जर्मनीको बायर्न म्युनिखविरुद्ध मैदानमा उत्रने छ।








