राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो
बिहिबार, २७ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस एसोसिएसनले गोलरहित बराबरी खेल्दै एन्फा प्रेसिडेन्ट लिग सकाएको छ।
मकवानपुरको हेटौंडास्थित गौरिटार रंगशालामा बिहीबार सम्पन्न समूह ‘ए’को अन्तिम टोलीले देउराली युवा क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
यो बराबरीसँगै लालीगुराँस ८ अंकसहित समूह विजेता बन्यो। समान खेलबाट ४ अंकसहित देउराली चौथो स्थानमा रह्यो।






-1768572164221.png&w=3840&q=75)

