लालिगुँरासको जितमा आशिषको ह्याट्रिक
आइतबार, २३ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। आशिष गुरुङको ह्याट्रिकसँगै लालिगुँरास एशोसिएसन क्लबले एन्फा प्रेसिडेन्ट कपमा प्रभावशाली जित हात पारेको छ।
हेटौंडास्थित गैरिटार रंगशालामा आइतबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा लालिगुँरासले जनजागृति क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो।
लालिगुँरासका फरवार्ड आशिषले खेलको ३३औं, ९०औं र इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। जारी प्रतियोगिताको यो पहिलो ह्याट्रिक हो। यस्तै, यमबहादुर श्रेष्ठले एक गोल थप्दै टोलीको एकतर्फी जित सुनिश्चित गरे।
यो जितसँगै लालिगुँरासले २ खेलबाट ४ अंक बनाएको छ। अर्कोतर्फ, जनजागृति अझै जितविहीन रह्यो।






-1768572164221.png&w=3840&q=75)

