एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि
मंगलबार, १८ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। जेनजी आन्दोलनका कारण रोकिएको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभीएल) को दोस्रो संस्करण पुन: सुरु हुने भएको छ। बाँकी खेल आगामी कार्तिक २६ देखि पुनः सुरु हुने भएको छ।
आयोजक इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चापागाईँका अनुसार लिगका बाँकी खेल आगामी कार्तिक २६ देखि सुरु गर्न लागिएको हो। लिग ३ दिनमै सकिनेछ।
लिगका १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन्। यी खेल पोखरामा खेलाइएको थियो। अबका बाँकी काठमाडौंमै हुने उनको भनाइ छ।










