कुशलको वरीयता १० स्थान तल खस्कियो
बुधबार, १२ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आईसीसी एकदिवसीय वरीयतामा खस्किएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ ब्याटिङ वरीयतामा उनी १० स्थान तल खस्किएका हुन्।
उनी ९९औं स्थानमा पुगेका छन्। पहिला उनी ८९औं स्थानमा थिए। अर्का ओपनर आसिफ शेखले भने चार स्थान सुधार गरेका छन्।
उनी ९१औं स्थानमा पुगेका छन्। मध्यक्रमका आरिफ शेख भने ३ स्थान तल खस्किँदै ९४औं स्थानमा पुगेका छन्।









