इरानसँग सहजै हार्यो नेपाल
शुक्रबार, ०७ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोली थ्री नेसन्स कपको पहिलो खेलमै पराजित भएको छ।
शिलोङको जवाहरलाल नेहरू स्टेडियममा शुक्रबार सम्पन्न खेलमा इरानसँग ३–० ले पराजित भएको हो। योसँगै इरानले प्रतियोगिताको उपाधि जितेको छ। पहिलो खेलमा इरानले घरेलु टोली भारतलाई २–० ले पराजित गरेको थियो।
अब नेपालले सोमबार भारतसँगै अर्को खेल खेल्नेछ।






-1768572164221.png&w=3840&q=75)

