विश्वकपमा छनोट हुने पाँचौं अफ्रिकी देश बन्यो घाना
सोमबार, २७ आश्विन २०८२Admin User

काठमाडौं। घानाले आइतबार घरेलु मैदानमा कोमोरोसलाई १–० ले पराजित गर्दै आगामी वर्ष हुने विश्वकपका लागि आफ्नो स्थान सुनिश्चित गरेको छ।
यो जितसँगै घाना आफ्नो छनोट समूह ‘आई’मा सहज रूपमा शीर्ष स्थानमा रह्यो। १० खेल खेलेको घानाले २५ अंक बटुलेको हो। सन् २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकपमा सहभागी हुने घाना पाँचौं अफ्रिकी देश बनेको छ।
यसअघि मोरोक्को, ट्युनिसिया, इजिप्ट र अल्जेरियाले पनि विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेका छन्।








