अनन्तसम्मिलित फोर्टिसको सहज जित
शनिबार, ११ आश्विन २०८२Admin User

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङसम्मिलित फोर्टिस एफसीले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा विजयी सुरुआत गरेको छ।
बसुन्धरा किङ्स एरिनामा भएको खेलमा फोर्टिसले च्याम्पियन मोहम्मेडन स्पोर्टिङलाई २–० ले पराजित गरेको हो।
दुवै गोल ग्याम्बियन स्ट्राइकर पा ओमरले दोस्रो हाफमा गरे। केही दिनअघि मात्र फेडरेसन कपमा बंगलादेश पुलिसलाई ३–२ ले हराएको मोहम्मेडनले लिगको सुरुआत भने सानदार तरिकाले गर्न सकेनन्।
गोल अन्तरमा फोर्टिस शीर्ष स्थानमा रहेको छ। अब राष्ट्रिय टोलीको हङकङ तयारीका कारण लिग तीन साताका लागि स्थगित हुनेछ।






-1768572164221.png&w=3840&q=75)

