वरीयतामा सन्दीपभन्दा ललित अगाडि
बिहिबार, ०९ आश्विन २०८२

काठमाडौं। आइसीसी टी–२० आई वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले सुधार गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार उनी ५७औं स्थानमा पुगेका छन्। यसअघि उनी ५८औं स्थानमा थिए।
‘ग्लोबल आइकन’ भनेर चिनिने लेग स्पिनर सन्दीप लामिछानेको वरीयता भने एक स्थान तल खस्किएको छ। उनी ७८औं स्थानमा पुगेका छन्। दीपेन्द्रसिंह ऐरी ८२औं स्थानमा रहँदा अन्य बलर भने शीर्ष १०० मा अटाउ नसकेका छैनन्।









