डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता
सोमबार, ०६ आश्विन २०८२

काठमाडौं। दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता लिएका छन्।
योसँगै पाकिस्तान भ्रमणका लागि घोषणा गरिएको टोलीमा उनले पुनरागमन गरेका छन्। सन् २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलमा अस्ट्रेलियासँग ३ विकेटले पराजित भएपछि उनले सन्न्यासको घोषणा गरेका थिए।









