एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो
आइतबार, ०५ आश्विन २०८२

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग २०२५ र एन्फा यू-१६ यूथ लिग फुटबल प्रतियोगिता २०२५ सम्बन्धी विषयमा छलफल गर्न क्लब बैठकमा बोलाएको छ।
एन्फाका महासचिव किरण राईले आइतबार मनाङ मर्स्याङ्दी, संकटा, एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, हिमालयन शेर्पा, फ्रेन्ड्स, मछिन्द्र, जावलाखेल युथ, एनआरटी, सातदोबाटो युथ, प्लानिङ ब्वाइज युनाइटेड र श्रीभगवती क्लबका अध्यक्ष तथा महासचिवलाई बैठकमा बोलाएका हुन्।
बैठक २०८२ असोज २६ गते आइतबार दिउँसो १ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने एन्फाले जनाएको छ।
संघले वार्षिक कार्यक्रमअनुसार सञ्चालन हुने ए डिभिजन लिग र हाल असार २० गतेदेखि जारी यू-१६ यूथ लिगबारे छलफल गर्ने उल्लेख गरेको छ।






-1768572164221.png&w=3840&q=75)

