टोटनह्यामको अपराजित यात्रामा ब्रेक
शनिबार, १४ भाद्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। टोटनह्यामको इङ्लिस प्रिमियर लिगको अपराजित यात्रामा ब्रेक लागेको छ।
शनिबार सम्पन्न खेलमा घरेलु टोलीलाई बर्नमाउथले १–० ले पराजित गरेको हो। बर्नमाउथको जितमा इभानिल्सनले खेलको पाँचौं मिनेट गरेको गोल नै निर्णायक बन्यो।
सातौं स्थानमा रहेको बर्नमाउथको यो दोस्रो जित हो। तर, समान ६ अंक नै रहेपनि टोटनह्याम तेस्रो स्थानमा छ।








