भारतको उपाधि सम्भावना बलियो
आइतबार, ०८ भाद्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारतले लगातार तेस्रो जितसहित साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि सम्भावना बलियो बनाएको छ।
चाङ्लिमिथाङ रंगशालामा आइतबार सम्पन्न तेस्रो खेलमा भारतले भुटानलाई ८–० ले पाखा लगाएको हो।
जितसँगै भारतले ३ खेलबाट ९ अंक पुर्याएको छ। भारतले नेपाललाई ८–० र बंगलादेशलाई २–० ले हराएको थियो।
भुटानको भने यो लगातार तेस्रो हार हो। बंगलादेशसँग भुटान ३–१ र नेपालसँग २–१ ले पराजित भएको थियो।
भारतलाई पछ्याइरहेका बंगलादेश र नेपालको समान ३ अंक छ। यी दुई टोली केही बेरमा भिड्दैछन्।








