वर्षाका कारण च्यासल मैदान डुबानमा
शुक्रबार, ०६ भाद्र २०८२खेलपाटी संवाददाता

तस्बिर : नेेपाल एफसी
काठमाडौं। वर्षाका कारण च्यासल मैदान डुबानमा परेपछि महिला लिग छनोटअन्तर्गत नेपाल खेलकुद क्लब र झापा एफसीबीचको खेल स्थगित भएको छ।
उक्त खेल ४ :१५ बजे सुरु हुनुपर्ने हो। तर, भारी वर्षाका कारण पानीको निकासा हुने ठाउँ नहुँदा मैदान डुबानमा परेको हो।
एक फिटभन्दा बढी पानी जमेपछि यो खेल स्थगित गरिएको हो।






-1768572164221.png&w=3840&q=75)

