पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
बुधबार, ०४ भाद्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले साफ महिला यु-१७ च्याम्पियनसिपको पहिलो खेलमै फराकिलो हार बेहोरेको छ।
भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा दुईपटकको च्याम्पियन भारतले ७-० को जित निकालेको हो।
भारतको जितमा अविस्ता बस्नेत र अनुश्का कुमारीले समान दुई गोल गरिन्। नीरा चानु लोङ्जम, जुलन नोन्गमाइथिम र निरा लोङजामले एक/एक गोल थपे।
भारतले पहिलो हाफमा ५ गोल गरेको थियोे। दोस्रो हाफमा २ गोल थपेको हो।






-1768572164221.png&w=3840&q=75)

