पेेनाल्टीमा चुक्यो नेपाल
शुक्रबार, २३ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत साउदी अरबविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको छ।
भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा प्रतियोगिताकै कमजोर टोली साउदीले नेपाललाई गोलको कुनै अवसर दिएन।
३७औं मिनेटमा नेपालले सुरुआती अग्रता लिने मौका पाएको थियो। साउदीका डिफेन्डर बास्माह अल्शनाइफीले पेनाल्टी बक्सभित्र सेनु परियारलाई तानेर लडाएपछि नेपालले गोलको अवसर पायो।
तर, स्ट्राइकर मीना देउवा पेनाल्टी प्रहार गर्नेबेला चिप्लिइन् र साउदीकी गोलकिपरले सहजै ड्राइभ लगाएर बल बचाइन्।








