पुलिसको सहज जित
शुक्रबार, ०९ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। दिप्सन पाण्डेको दुई गोलसँगै लिग लिडर नेपाल पुलिस क्लब एन्फा यु–१६ युथ लिगमा सहज जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा पुलिसले श्री भगवती क्लबलाई ३–० ले पराजित गरेको हो।
पुलिसलाई जित दिलाउन दिप्सनबाहेक समीर कुमारले गोल गरे।
जितसँगै पुलिसले आठ खेलमा २२ अंक जोडेको छ । पराजित श्री भगवती समान खेलबाट ६ अंकका साथ ११औं स्थानमा छ।






-1768572164221.png&w=3840&q=75)

