पुलिसको जितमा समीरको ह्याट्रिक
आइतबार, २२ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। समीर कुमारको ह्याट्रिकसँगै विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगमा एकतर्फी जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न आफ्नो पहिलो खेलमा न्युरोड टिम ( एनआरटी) विरुद्ध पुलिसले ६–० को जित निकालेको हो।
पुलिसको जितमा समीरबाहेक परासन राई, मनिष बनरइती र रिजनराज गौतमले गोल गरे।
खेलको दोस्रो मिनेटमै गोलपिकर अश्विन राईले रातो कार्ड पाए। योसँगै एनआरटी १० खेलाडीमा समेटिएको थियो।








