पञ्जाब किंग्सलाई १९१ रनको लक्ष्य
मंगलबार, २० जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जित्न पञ्जाब किंग्सलाई १९१ रनको लक्ष्य दिएको छ।
पहिला ब्याटिङ थालेको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १९० रन बनाएको हो। अहमदाबादको नरेन्द्र मोदी रंगशालामा खेलिएको खेलमा बैंगलोरका विराट कोहलीले ३५ बलमा ४३ रन बनाए।
उनीबाहेक कुनै पनि ब्याट्सम्यानले ३० रनको आँकडा पार गर्न सकेनन्। यद्यपि, जितेश शर्माले तीव्र ब्याटिङ गर्दै १० बलमा २४० को स्ट्राइक रेटमा २४ रन बनाए। पञ्जाबका काइल जेमिसन र अर्शदीप सिंहले ३ विकेट लिए।









