भीमको सानदार शतक
शनिबार, १३ बैशाख २०८२खेलपाटी संवाददाता

काठमाडौं। मध्यक्रमका भीम सार्कीले नेपाल ब्ल्युविरुद्ध सानदार शतक प्रहार गरेका छन्।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा उनले १२६ रन बनाएका हुन्। १०४ बल खेलेका उनले १३ चौका र दुई छक्का प्रहार गरेका थिए।
उनको यो बलियो इनिङ्ससँगै नेपाल रेडले ब्ल्युलाई ३४८ रनको लक्षय दिएको छ।









