पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने
बिहिबार, ११ बैशाख २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आगामी जुनमा स्कटल्यान्डमा हुने त्रिकोणात्मक टी–२० आई सिरिजमा पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ।
आगामी जुनमा ग्लास्गोको क्लाइडसडेल क्रिकेट क्लबमा हुने सिरिजमा घरेलु टोलीसहित नेपाल र नेदरल्यान्ड्स सहभागी हुनेछ।
क्रिकेट स्कटल्यान्डले उक्त सिरिजको तालिका बिहीबार सार्वजनिक गरेको हो। यस सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ। नेपाल र नेदरल्यान्डबीचको पहिलो खेल भने जुन १६ मा हुनेछ।
सिरिजमा एक टोलीले एक अर्कासँग दुईपल्ट खेल्नेछन्। नेपालले जुन १७ मा स्कटल्यान्ड, १८ मा नेदरल्यान्ड्स र २० मा स्कटल्यान्डसँग पुन: खेल्नेछ।









