निर्णायक खेलमा चितवन र पोखरा भिड्दै
आइतबार, ०७ बैशाख २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटमा एफसी चितवन र पोखरा थन्डर्स भिड्दै छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे हुने छ। अन्तिम खेलमा धनगढीलाई ३–१ ले पराजित गर्दै चितवनले प्लेअफमा यात्रा तय गरेको हो।
पोखराले भने प्रतियोगिताकै कमजोर टोली बुटवल लुम्बिनी एफसीविरुद्ध अन्तिम खेलमा २–० को जित हात पारेको थियो। यी दुईबीचको विजेताले फाइनल प्रवेश गर्न साबिक उपविजेता धनगढी एफसीविरुद्ध खेल्नेछ।
पहिलो क्वालिफायरमा १० खेलाडीमा सीमित साबिक विजेता ललितपुर सिटी एफसीले धनगढीलाई २–१ ले पराजित गरेको थियो।








