ब्रेभिसले चेन्नईबाट खेल्ने
शनिबार, ०६ बैशाख २०८२खेलपाटी संवाददाता

काठमाडौं। चेन्नई सुपर किंग्सले घाइते गुर्जपनीत सिंहको स्थानमा डेवाल्ड ब्रेभिसलाई टोलीमा अनुबन्ध गरेको छ। आइपिएलको बाँकी खेलका लागि चेन्नईले ब्रेभिसलाई अनुबन्ध गरेको छ।
ब्रेभिसले अहिलेसम्म ८१ वटा टी–२० खेल खेलेका छन्। उनले एक हजार ७८७ रन बनाएका छन्। उनको उत्कृष्ट स्कोर १६२ छ। उनले २०२३ मा दक्षिण अफ्रिकाका लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए।
अहिलेसम्म २ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। ब्रेभिस पहिले मुम्बई इन्डियन्समा थिए। उनले १० खेल खेले। उनी दुई करोड २० लाखमा चेन्नईमा अनुब्ध हुनेछन्। अक्सनमा गुर्जापानीलाई चेन्नईले यही मूल्यमा किनेको थियो।









